सर्लाही । सर्लाहीमा एक सुन व्यवसायीको गोली हानी हत्या गरिएको छ ।

मंगलवार साझ ७ बजे हरिपुर नगरपालिका स्थित पिडारीबाट पसल बन्द गरी घर फर्कदै गरेका कविलासी गाउँपालिका ३ पिपरिया बस्ने २७ वर्षीय सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो ।

साह साँझ मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३÷४ जनाको समुहले मोटरसाईकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन चाँदी लुटन खोजे मृतकका बुबा नागेन्दर साहले बताउनु भयो ।

उक्त समूहसँग प्रतिकार गर्न खोज्दा सुनिलको च्यापुमुनी गोनेर मृतको बुबासगँ रहेको नगद तथा सुन चाँदी लिएर फरार भएको प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भिर घाईते भएका साहलाई सर्लाही जिल्ला अस्पताल पुर्याउँदा  अस्पतालले मृत घोषणा गरेको थियो । घटनाको बिषयमा अनुसन्धान तथा गोली हानेर फरार समुहको खोजि भैरहेको जिल्ला प्रहरी कार्यलयका एसपी मसाउद आलम खाँले बताउनु भयो ।

Comments

comments