काठमाडौं । नेपाल–चीन सीमामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन् ।

गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर ज्रगेपिलर गायब भएको स्थानीयले बताएका छन् । यसअघि प्रोकको तोम भन्ने स्थानमा सीमास्तम्भ थियो तर अहिले नरहेको स्थानीय बताउँछन् । ।

सिकार खेल्न गएका र यार्सागुम्बा संकलन गर्न जानेले सीमास्तम्भ गायब भएको जानकारी दिएको चुमनुब्री गाउँपालिका ४ प्रोकका अध्यक्ष पेमाडुन्डुप लामाले बताए ।

‘पहरामा रातो अक्षरले एकातिर नेपालीमा र अर्कोतिर चिनियाँ भाषमा ३७ नम्बर लेखेर छाडेको छ । सिकारी र यार्सा टिप्न जानेहरु पिलर छैन भन्छन्,’ उनले भने, ‘कहाँ हरायो, कहिलेदेखि हरायो केही थाहा छैन ।’

Comments

comments