एजेन्सी । लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरे पछि इक्केडर माथी ३–१ को जित निकाल्दै अर्जेन्टिनाले रसियामा हुने विश्वककप फूटबलको टिकट काटेको छ ।

पहिलो हाफमा नै गोल खाएर पछि परेको अर्जेन्टिनालाई विश्वकपमा पुर्याउने क्रममा मेस्सीले १२,२० र ६२ औं मीनटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

दाक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने क्रममा अर्जेन्टिना २८ अंक सहित समूहको तेस्रो स्थानामा रहदैँ विश्वकपका लागि छनोट भएको हो ।

आजै भएको अर्को अन्तिम खेलमा ब्राजिलले चिलीलाई ७–० ले हरायो उसले ४१ अकं सहित समूहको शीर्ष स्थनामा रहदै विश्वकपको यात्रा तय गरेको छ । यो समूहमा उरुग्बे दोस्रो स्थानमा रहदै विश्वकपमा पुग्यो ।

त्यसै गरी कालोम्बिया चौथो स्थानमा रहेर विश्वकपमा पुग्दा पेरुले न्यूजिल्यान्डसँग प्ले–अफ खेल्ने भएको छ ।

कोका अमेरिका वितेजा भने विश्वकपमा छनोट हुन असफल भएको छ ।

Comments

comments