काठमाडौं । नेकपा एमालेले आफ्ना शीर्ष नेतालाई प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउने भएको छ ।

एमाले संसदीय दल सिंहदरबारमा बसेको स्थायी समितिको मंगलबार बसेको बैठकले शीर्षनेतालाई समानुपातिकमा नराखी प्रत्यक्षमा उठाउने निर्णय भएको सचिव गोकर्ण विष्टले बताउनु भयो ।

एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको छ । बैठकमा स्थायी समिति सदस्यले प्रत्यक्षमा नउठ्ने, शीर्ष नेताले निर्वाचन परिचालन तथा संयोजन समिति नेतृत्व गर्नुपर्ने धारणा राखेका थिए । सबै शीर्षनेता प्रत्यक्षमा उठ्ने भएपछि अध्यक्ष ओलीकै नेतृत्वमा निर्वाचन परिचालन गर्ने निर्णय भएको हो ।

स्थायी समितिको निर्णयपछि अध्यक्ष ओलीले आफू उठ्ने झापा क्षेत्र नम्बर ५ मा दोस्रो र तेस्रो तहका नेतालाई खटाएर मुलुकभर पुग्ने योजना बनाउनु भएको छ । अन्य शीर्ष नेता आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रीत हुने र अरुको क्षेत्रमा आवश्यक परे जाने योजना बनेको छ ।

Comments

comments