वीरगंज । पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरकी ५० बर्षिया सानी लक्ष्मी बम्जनको बलात्कारपछि हत्या भएको खुलासा भएको छ ।

बम्जनको बलात्कारपछि टाउको र घाँटीमा कोदालो र खुर्पीले प्रहार गरी हत्या भएको पर्सा प्रहरीले जनाएको छ । बम्जनको स्थानीय ३१ बर्षिय उमेश हजरा दुसादले जर्बजस्ती करणीपछि हत्या गरेको स्वीकार गरिसकेको प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले पत्रकार सम्मेलनमा बताउनुभयो ।

गत असोज १९ गते बिहीबार अपरान्ह ४ बजे घरबाट ६ सय मिटर पर माटो लिन गएकी बम्जनको शव ऊखु बारीमा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर बम्जनको बलात्कारपछि हत्या गर्ने उमेश हजरा दुसादलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले उमेशले बलात्कार गर्नु अघि बम्जनको टाउकोमा ढुंगाले हानेको र बेहोस भएपछि बलात्कार गरेको तथ्य अनुसन्धानबाट खुलेको बताउनुभयो ।

करणी गरिरहेकै अवस्थामा बम्जनको होस खुलेर हो हल्ला गर्न थालेपछि दुसादले माटो खन्नका लागि लगेको कोदालो र खुर्पीले हानेर हत्या गरेको उहाँको भनाई छ ।  बिहीबार भकारी लिप्न दुई बोरा माटो ओसारिसकेर तेस्रो पटक माटो लिएर आउँदा उखुबारीमा बम्जनको करणीपछि विभत्स किसिमले हत्या गरिएको थियो ।

Comments

comments