मेलबर्न । अष्ट्रेलियामा रहेका नेपालीहरुलाई कफी संगै नेपाली परिकारको स्वादमा रमाउंदै आफ्नो संस्कृतिको रौनकतामा झुम्ने अवसर मिल्ने भएको छ । आगामी २९ अक्टोबरमा हुने कफी एक्स्पोमा भिक्टोरियामा नेपालीपन झल्किने भएको हो।

आयोजकका अनुसार, कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति संगै नेपाली परिकारको स्वाद लिन सकिनेछ । कार्यक्रममा हंगकंग नेपलीज डान्स ग्रुपको विशेष प्रस्तुति रहनेछ।

कफी एक्स्पोमा कफी बनाउने (बरिस्ट) प्रतियोगिता समेत हुनेछ । प्रतियोगितामा पहिलो र दोस्रो हुनेको लागि पुरस्कारको व्यवस्था समेत रहेको छ । प्रतियोगितामा प्रवेश शुल्क ५० डलर हुनेछ।

बेलुका ३ देखि ७ बजेसम्म, Batman Royale , The Admiral Room , 14 – 22 Gaffney Street Coburg भिक्टोरियामा हुने कफी एक्स्पोमा भिक्टोरियावासी सबै नेपालीहरुलाई सहभागी भएर एक-आपसमा माया तथा सद्भाव साटासाट गर्दै नेपालीपनमा रमाउन आयोजकले आग्रह गरेका छन्।

 

Comments

comments