काठमाडौँ । रोजगारीका लागि मध्यपूर्व (खाडीका ६ देश) मा जाने नेपाली कामदारले सरकारले तोकेको तलब ६० प्रतिशत भन्दा बढी कामदारले पाउने गरेका छैनन् । एनआरएनएको आठौँ विश्व सम्मेलन मध्यपूर्वका सवाल अन्तक्रिया कार्यक्रममा एनसिसी कतारका संयोजक नवीन पोखरेलले बताउनुभएको छ ।

‘कतारका कम्पनीले नेपालमा सात सय र दुई सय वा आठ सय वा दुई सयको माग पत्र पठाउने गरेका छन् । सरकारले नौ सय र तीन सय दिनुपर्छ भनेको छ’, उहाँले भन्नुभयो, ‘तर सरकारले तोकेको जति तलबको मागपत्र नआउँदा दुई प्रकारका कागज बन्ने गरेको छ ।’

मध्यपूर्वका राम्रा कम्पनीले ४० प्रतिशत कामदारलाई मात्र सरकारले तोेकेको सिलिङ अनुसारको तलब दिएको पोखरेलले बताउनुभयो । ६० प्रतिशत कामदारलाई पनि तोकेको न्यूनतम तलब दिलाउन सरकारले तत्काल श्रम सम्झौता गर्नुपर्ने उहाँको भनाई छ । कामदारले दोहोरो श्रम सम्झौता बोक्नुपरेको भन्दै सरकारको श्रम सम्झौता गरेमा विप्रेषण पनि बढ्ने उहाँको भनाई छ ।

‘कतारमा हाल चार लाख बढी नेपाली कामदार रहेको र उनीहरुले तलबका साथै बिमाको पनि समस्या भोगिरहेका छन्’, पोखरेलले भन्नुभयो, ‘हाल कामदारले कार्यअवधि (आठ) घन्टाको मात्र बिमा पाउने गरेका छन्, उनीहरुलाई २४ घन्टाकै बिमा गराउनुपर्छ ।’

कार्यक्रममा एनआरएनएका मध्यपूर्व क्षेत्रीय संयोजकका उम्मेदवार आरके शर्माले अन्य देशका कामदार र खाडी जाने कामदारको समस्या फरक भएको र ती समस्या समाधान गर्दै नेपालमा भित्रने गरेको बिप्रेषण दुई गुणा बढाउन पहल गर्ने बताउनुभयो । ‘खाडीमा दक्ष कामदार पठाउनुपर्छ, कामदारलाई तालिम, स्वास्थ्य, बिमा सम्बन्धी जानकारी दिएर पठाउनुपर्छ’, पोखरेलले भन्नुभयो ।

नेपालमा आउने विप्रेषण मोटरसाइकल र मोबाइलमा खर्च भएको भन्दै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको उहाँको भनाई छ । कार्यक्रममा सचिवका उम्मेदवार डिबी क्षेत्रीले दुतावासका कर्मचारीले काम नगर्ने र वकिलको अभावका कारण कामदारले समस्या भोग्ने गरेको भन्दै यो समस्या तत्काल समाधान गर्नु पर्ने धारणा राख्नुभयो ।

वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित बनाउन पुनः श्रमस्वीकृति अन्तराष्ट्रिय विमानस्थलबाटै दिनुपर्ने र विमानस्थल प्रवेश गर्नुअघि नै सबै समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो । खड्काले खाडीका देशबाट पनि नेपालमा पर्यटक भित्र्याउन सकिने भन्दै त्यसतर्फ लाग्ने प्रण गर्नुभयो । उहाँले भन्नुभयो, ‘अन्य देशका दशजना पर्यटकले गर्ने खर्च खाडीका दुईजना पर्यटकले खर्च गर्दछन, यसतर्फ हामीले ध्यान दिनुपर्छ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments