काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले मंगलबार ताजिकिस्तानसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपाल र घरेलु काजिकिस्तान टोलिबिचको खेल नेपाली समयअनुसार पौने ७ मा सुरु हुनेछ । घरेलु मैदानमा भएको खेलमा पराजित नेपाल खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ ।

नेपालका कप्तान विराज महर्जनले ताजकिस्तान नेपालकै स्तरको टिम भएको कारण खेल सुधार गर्दै जित निकाल्ने लक्ष्य रहेको बताए ।  नेपाली टोलिका कप्तान विराजले कमजोरीहरु सुधार गिरी जितको लागि खेल्ने बताए ।

एन्फा कम्प्लेक्समा गत भदौ २० गते भएको ्खेलमा नेपाल ताजकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको थियो । समूह एफमा रहेको नेपालको ३ खेलबाट १ खेलमा बराबरी र दुई खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ । तेस्रो स्थानमा रहेको ताजिकिस्तानको ३ खेलबाट १ खेलमा जित र २ खेलमा हारसहित ३ अंक रहेको छ । समूहको शीर्ष स्थानमा फिलिपिन्स रहेको छ ।

फिलिपिन्सको ३ खेलबाट २ खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएको छ । त्यस्तै, दोस्रो स्थानमा यमन रहेको छ । यमनको ३ खेलबाट एक खेलमा जित र २ खेलमा बराबरी खेल्दै ५ अंक छ ।

नेपालले अब फिलिपिन्ससँग होम खेल खेल्न बाँकी छ भने यमनसँग अवे खेल खेल्न बाँकी छ । समूहको विजेता र उपविजेताले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा भाग लिन पाउने छन् ।

Comments

comments