काठमाडौं । नेपाल र बंगलादेशको कूटनीतिक संयन्त्रले नेपाल, बंगलादेश, भारत र भुटान ९बीबीआईएन० उपक्षेत्रीय सञ्जाल फ्रेममा रहेर दुईपक्षीय विषयलाई अघि बढाउने सहमति गरेका छन् ।

परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठकमा व्यापार, यातायात सञ्जाल, जनस्तरको सम्बन्ध, पर्यटन, बन्दरगाह उपयोगजस्ता विषयमा छलफल भएको ढाकास्थित नेपाली दूतावासले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ ।

बैठकमा जनस्तरको सम्बन्धका विषयमा थप गृहकार्य गर्नुपर्ने विषयमा पनि समझदारी भएको विज्ञप्तिमा जनाइएको छ । दुई देशबीचको व्यापार प्रवद्र्धन, ऊर्जा क्षेत्रमा लगानी, सम्पर्क सञ्जाल विस्तार, संस्कृति, उच्च शिक्षा र पर्यटन प्रवद्र्धनलगायत विषयमा पनि बैठकमा छलफल भएको दूतावासले जनाएको छ ।

उच्च शिक्षाका लागि बंगलादेश पुगेका नेपाली विद्यार्थीको संख्या धेरै रहेको र उनीहरूका विषयमा पनि त्यहाँको सरकारले ध्यान दिनुपर्ने विषय छलफलमा उठेको अधिकारीहरूले बताए । संयन्त्रमा छलफल भए पनि तयारी अभावले ठोस निर्णय भने हुन सकेन ।

यातायात र बन्दरगाहका विषयमा कूटनीतिक संयन्त्रमा छलफल हुने यसअघि नै तय भए पनि त्यसमा तयारी अभाव देखिएको एक सहभागीले बताए ।

बंगलादेश र नेपालबीच यातायात सञ्चालनका विषयमा छलफल हुने भनिए पनि अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन । नेपालको आन्तरिक गृहकार्य कमजोर हुँदा कतिपय विषय अघि बढ्न नसकेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments