काठमाडौं । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकता प्रक्रिया अघि बढ्ने घोषणा हुँदै छ भन्ने समाचार सम्प्रेषण हुन थालेपछि असोज १७ गते अपराह्न कांग्रेसका नेताहरू बालुवाटारमा भेला हुँदै थिए ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललगायत नेता त्यसै विषयमा कुराकानी गर्दै थिए ।

उपस्थित एक नेता भन्छन्, प्रधानमन्त्री देउवाले अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग ४० प्रतिशत सिट लिएर चुनावी तालमेल गर्न लागेको बताएका थिए भनेर सुनाउँदै हुनुहुन्थ्यो । तर उपस्थित नेताहरूले त्यस्तो गठबन्धन बन्ला र भनेर शंका पनि गरिरहेका थिए ।

कांग्रेस नेताबीच तालमेल रोक्न अन्तिमपटक दाहालसँग पुनः कुरा गर्ने कि भनेर मन्थन चलिरहेको थियो । त्यसैबेला सिटौलाले देउवालाई भने, छाडिदिनुस्, अब दाहाल कुनै पनि हालतमा फर्कने सम्भावना छैन । एक नेताले सिटौलालाई उद्धृत गर्दै भने, शान्ति प्रक्रियामा आएपछि पहिलोचोटि सार्वजनिक हुँदै गर्दा दाहालले आउँछु भनेको मितिमा आएनन् ।

पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन चिनियाँ राजदूतलाई बोलाएर किन दाहालहरू आएनन् भन्ने जिज्ञासा राखेपछि राजदूतले म बुझ्छु भनेर फर्केका थिए । राजदूत भेटेको केही घन्टामै दाहाल सार्वजनिक हुन राजी भएका थिए ।

सिटौलाले त्यसो भनेपछि देउवा पनि चिनियाँ राजदूत बोलाउन तम्तयार देखिए । चिनियाँ राजदूतलाई बोलाएर हुन लागेको वाम गठबन्धन रोक्न आग्रह गरौं त ? देउवा र सिटौलाबीचको संवाद उद्धृत गर्दै ती नेताले भने, ‘अब अन्तिम समयमा त्यो सम्भव छैन भन्दै सिटौला देउवालाई सम्झाउँदै थिए ।’

वाम गठबन्धनबारे बालुवाटारको त्यो बुझाइ यतिबेला आम भइसकेको छ । सञ्चारमाध्यमदेखि विज्ञहरू यो गठबन्धनका पछाडि चिनियाँ प्रभाव रहेको विश्लेषण गरिरहेका छन् । तर, चीन त्यो आरोप स्विकार्न तयार छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments