काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या संलग्न तीनजनालार्इ प्रहरीले जोरपाटीबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएपी रवीन्द्र धानुकका अनुसार गौचनलार्इ गोली हानिएको हतियारसहित तीनजलार्इ पक्राउ गरिएको हो ।

धानुकले निजमती अस्पताल बानेश्वरमा विरोमा उत्रिकाएहरूलार्इ सम्बोधन गर्दै हत्यामा संलग्न तीनजना पक्राउ परिसकेको बताउँदै उनीहरूलार्इ मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जानकारी दिनुभयो ।

‘घटनामा संलग्न भएका तीनजनालार्इ अनुसन्धानका लागि पक्राउ गरिएको छ,’ धानुकले भन्नुभयो, ‘उनीहरुको साथबाट शरदलार्इ गोली हानिएको हतियार र  केही राउन्ड गोलीसमेत बरामद गरिएको छ।’

हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले छिरिङ तामाङ, सञ्जय तामाङ र दिलिप तामाङलाई अपराह्न सवा ३ बजे नै पक्राउ गरिसकेको हो । पक्राउ परेका तीनै जना काभ्रेपलाञ्चोकको रोशी नगरपालिकाका निवासी युवाहरू हुन् ।

घटनापछि सञ्चारमाध्यमलार्इ प्रतिक्रिया दिँदै गृहमन्त्री जनार्दन शर्माले अध्यक्ष गौचनको हत्यामा संलग्नबारे प्रारम्भिक जानकारी हासिल भइसकेको बताउनुभएको थियो ।

Comments

comments