एजेन्सी। बाटोमा हिंड्दै गरेको व्यक्तिलाई छुनु वा जिस्काउनु हिंसा हो । तर नेपालमा मात्र नभएर विश्वका अधिकांश देशमा महिलाहरुलाई यो हिंसाको शिकार हुनुपर्छ ।

एम्स्टरडमकी २० वर्षिया विद्यार्थी नोया जन्स्मा पनि प्रत्येक दिन यो हिंसाको शिकार भएकी थिईन्। पुरुषहरुको यो व्यवहारले आजित उनले चुप लागेर बस्नुभन्दा केही गर्नु उचित ठानिन् ।

नोयाले ‘dearcatcallers ” नामको इन्स्टाग्राम अकाउन्ट खोलिन् । त्यसपछि उनले बाटोमा वा काममा जसले आफूलाई जिस्काउछ, उसंग सेल्फी लिने र उसले भनेका शब्द सहित उक्त अकाउन्टमा फोटो पोस्ट गर्न थालिन् । उनले पुरुषहरुले महिलालाई गर्ने व्यवहार र त्यसले महिलालाई पार्ने मानसिक असर देखाउन चाहन्थिन् ।

नोयाको यो कामलाई अधिकांशले साथ दिए । फलस्वरुप नोयाको देश नेदरल्यान्ड्सले जनवरी १ , २०१८ देखि लागु हुने गरि यस्तो कार्य गर्ने जोसुकैलाई कारबाही गर्ने कानुन ल्याएको छ ।

 

Dearcatcallers

Dearcatcallers

Dearcatcallers

Dearcatcallers

Comments

comments