काठमाडौं । चलचित्र संघले सिनेमा घरमा र टेलिभिजनमा एकसाथ चलचित्र रिलिज गर्न नपाईने निर्णय गरेको छ।

संघको सोमवार बसेको बैठकले यो निर्णय गरेको हो। संघले गरेको निर्णय अनुसार अब सिनेमा घर र कुनै पनि टेलिभिजनमा एकसाथ चलचित्र रिलिज गर्न पाउने छैन । चलचित्र हल र टेलिभिजनमा एकसाथ चलचित्र रिलिज हुने भएमा कुनै पनि सिनेमा घरले त्यस्ता नेपाली चलचित्र रिलिज नगर्ने निर्णय पनि संघले गरेको छ ।

हलमा रिलिज भएको कम्तिमा ३ हप्ता पछि मात्रै टेलिभिजनमा रिलिज गर्न पाईने निर्णय गरिएको छ। अहिले डीस होमले आफ्नो मुभी च्यानल मार्फत प्रति चलचित्र प्रति टेलिभिजन सेट ३ सय रुपैयाँ लिएर नयाँ चलचित्र प्रसारण गर्दै आएको छ ।

संघको निर्णयपछि कार्तिक २ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र रुद्रप्रिया’ प्रभावित हुने भएको छ । उक्त चलचित्र सिनेमा घर र डीसहोस टेलिभिजनमा एकसाथ रिलिज हुने तयारीमा रहेको छ।

Comments

comments