काभ्रे । जिल्ला अदालत काभ्रेपलाञ्चोकका नायव सुब्बा राजेन्द्र खत्री सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकमा भएको एक सडक दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै खत्रीले सेवाग्राहीसँग १ लाख २५ हजार घुस लिइरहेको अवस्थामा खत्रीलार्इ राजधानीबाट गएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

खत्रीले सडक दुर्घटनाको मुद्दामा मागे जति घुस नदिए पाँच वर्ष जेल हालिदिने धम्की दिएको खुलेको छ । उनलार्इ पक्राउ  गरेपछि अख्तियारले सर्जमिन मुचुल्का उठाइरहेको छ ।

Comments

comments