काठमाडौं । बलिवुड अभिनेता सैफ अलि खानकी छोरी, सारा अलि खान बलिवुडमा डेब्यु गर्दैछिन् । अभिषेक कपुरले निर्देशन गर्ने प्रेम कथामा आधारित चलचित्र ‘केदारनाथ’ बाट सारा बलिवुडमा प्रवेश गर्न लागेकी हुन् ।

सुशान्त सिंह राजपुत संग चलचित्रमा देखिन लागेकी सारा पूजारीको छोरीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रमा सुशान्त सिंह राजपुत केदार नाथ आउने यात्री तथा उनीहरुको सामान ओसार पसार गर्ने युवकको भूमिकामा देखिंदैछन् ।

सारा सैफ अलि खानकी पहिलो श्रीमती, अभिनेत्री अमृता सिंहकी छोरी हुन् । चलचित्रमा साधारण भारतीय युवतीको भूमिका निर्वाह गरेकी सारा यस्ती देखिनेछिन् :

Comments

comments