मेलबर्न । अष्ट्रेलियामा बस्ने नेपालीहरुले विभिन्न सांगीतिक कार्यक्रम गर्दै नेपाली गीत संगीतलाई अष्ट्रेलियामा समेत परिचित बनाउन थालेका छन् । नेपालका लोकप्रिय कलाकारहरुको अष्ट्रेलिया आगमन समेत बढिरहेको छ।

विगत केही समयदेखि अष्ट्रेलियामा कार्यक्रमहरुको आयोजना गरि भव्यताका साथ सफल पार्दै आएको ‘सहि हो’ इभेन्ट्सले यस्तै अर्को कार्यक्रमको आयोजना गरेको छ । ‘सहि हो’ ले आगामी नोभेम्बर ५ को लागि अकुस्टिक नाइटको आयोजना गरेको हो ।

पछिल्लो समयको चर्चित गीत ‘सुन साइली’ का गायक हेमन्त राना, युवा ढुकढुकी बनिरहेका गायक- गायिका नट्टु शाह, स्वप्न सुमन, प्रयत्न श्रेष्ठ र अल्फा भट्टराईको धमाकेदार प्रस्तुति रहने कार्यक्रमलाई विद्यार्थीहरुको भरपर्दो साथी बन्दै आइरहेको कंडेल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ ।

आयोजकका अनुसार, उक्त सांगीतिक लाइभ कन्सर्ट Studio 3 level 3 Nightclubs , crown Melbourne मा हुनेछ । विस्तृत जानकारी तथा टिकटको लागि ‘सहि हो’ इभेन्ट्सको फेसबुक पेज मार्फत सम्पर्क गर्न सकिनेछ।

AUSTRALIA TOUR 2017

We are coming to Australia! Woohoo!!

Posted by Nattu on Sunday, October 8, 2017

 

Comments

comments