कास्की । आफन्त र छिमेकीको करिव ५० करोड ठगी गरेको आरोपमा ४२ वर्षिया देवी कुमारी भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।स्याङजाको फेदीखोला गाउँपालिका स्थाई घर भई पोखरालेखनाथ महानगर पालिका १४ चाउथेमा बस्दै आएकी भुजेल व्यवसायी आफन्त र चिनजानका ५० जनाभन्दा धेरैसँगबाट करिव ५० करोड भन्दा बढी रकम ठगी गरेको भन्दै उजुरी दिएका थिए ।

१४ भदौदेखि सम्पर्कविहीन भुजेललाई महानगरिय प्रहरी वृत्त जनसेवा काठमाण्डौको सहयोगमा कास्की प्रहरीले पक्राउ गरेको हो । उनलाई कामनपा २३ मञ्जुश्री स्थित डेरावाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

कास्की प्रहरीले काठमाडौं प्रहरीसँग सहयोग मागेर विहीबार साँझ ४ बजे देवी र उनका पति लक्ष्मणलाई उनिहरुकै डेरावाट पक्राउ गरेको थियो । शुक्रबार ११ बजे बिहान दम्पत्तिलाई बुद्ध एयरबाट पोखरा ल्याई थप अनुसन्धान भईरहेको प्रवक्ता खत्रीले जानकारी दिए ।

Comments