पाल्पा । बुटवल–सडकखण्ड सोमबार ६ घण्टाका लागी बन्द हुने भएको भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको दोभान प्रहरी चौकी नजिकै खसेको पहिरो हटाउन सोमबार बिहान १० बजेदेखी साँझ ४ बजेसम्म सडक बन्द रहने जिल्ला प्रहरी कार्याल पाल्पाले जानकारी दिएको छ ।

पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन् ।

यस सडकखण्डमा पर्ने दोभानदेखि सिद्धबाबा मन्दिरसम्म सडक माथिबाट झर्ने ठूलाठूला चट्टान र पहिरोका कारणले यात्रु र चालकले वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै आइरहेका छन् ।

सडक स्तरोन्नतिका लागि सरकारले वर्षेनी करोडौँ रुपैयाँ खर्चिदै आएपनि सडकको अवस्थामा सुधार आउन सकिरहेको छैन ।

Please follow and like us:

Comments