मेलबर्न । नेपालबाट हजारौं युवाहरु पढ्न तथा काम गर्नको लागि अष्ट्रेलिया आइरहेका छन्। ती युवाहरुले आफ्ना घरपरिवारसंगै आफ्ना प्रेमी-प्रेमीकालाई छोडेर आएका छन् । अष्ट्रेलियाको संघर्षमा मायालुसंगको बिछोडले अझ सताउँछ।

यहि यथार्थतालाई उठान गरेर गायक राम गौतमको स्वर, शब्द तथा संगीतमा ‘हे सुनन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोलाई खड्का यान सन्सले निर्माण गरेको हो ।

अल्मोडा राना उप्रेतीले संयोजन गरेको गीतको म्युजिक भिडियोलाई जीवन रसाइलीले निर्देशन, छायांकन तथा सम्पादन गरेका हुन् । अष्ट्रेलियामै निर्माण गरिएको म्युजिक भिडियोमा निलम बराल र मेल्बर्नमा बसोबास गर्दै आएका मोडेल तथा संचार कर्मी राज के.सीले अभिनय गरेका छन् ।

 

Comments

comments