काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा दुर्इ २ हजार ६ सय जनाका लागि दरखास्त आब्हान गरेको छ ।
आइतबार सैनिक जनसम्पर्क निर्देशनालयले प्रकाशित गरेको सूचना अनुसार फ्लोवर्स, ड्राइभर, लेखा जम्मदार, सहायक पण्डित ‘हुद्दा’, अमलदार, सैन्य जवानसहित २ हजार ६ सय जनाका लागि दरखास्त आब्हान गरेको हो ।
दरखास्त दिनका लागि बाहिनी तथा गणमा सम्पर्क गर्नु पर्ने छ । सबैभन्दा बढी सैन्य जवानका लागि दरखास्त आब्हान गरेको छ । दरखास्त दिनका लागि आइतबारदेखि कात्तिक २० गतेसम्मको समयावधि रहेको छ , दोब्बर दस्तुर गिरी कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने छ ।