एजेन्सी । अर्को वर्ष रसियामा हुने विश्वकप फुटबल छनोटमा नेदरल्याण्डको  सम्भावना कायमै रहेको छ ।

विश्वकप युरोपियन छनोट अन्तर्गत शनिबार राति भएको खेलमा बेलारुसलाई ३–१ ले हराउदै नेदरल्याण्डले विश्वकपमा छनौटको सम्भावना कायम राखेको हो ।

खेलको २५ औँ मिनेटमा नेदरल्याण्डलाई डेभी प्रोपर्लले गोल गर्दै अग्रता दिलाए । फराकिलो गोल अन्तरको जित चाहिएको नेदरल्याण्डलाई बेलारुसका माक्सिम भोलोड्कोले ५५ औँ मिनेटमा गोल फर्काए ।

खेलको ८४ औँ मिनेटमा नेदरल्याण्ड्सका आर्जेन रोबेनलाई बेलारुसका खेलाडी सेर्जेई बालानोभिचले लडाएपछि नेदरल्याण्डले पाएको पेनाल्टी गोलमा परिणत भयो । त्यस्तै खेलको अन्त्यतिर ९० औँ मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याड्सलाई ३–१ को जित दिलाए ।

अब नेदरल्याण्डले विश्वकप छनौट यात्रामा आफ्नो यात्रा सुरक्षित गर्न मंगलबार हुने खेलमा स्वीडेनलाई ७–० को फराकिलो गोल अन्तरले हराउनु पर्नेछ ।

Comments

comments