अष्ट्रेलिया जानुको प्रमुख उद्देश्य गुणस्तरीय उच्च शिक्षा हासिल गर्नु हो । तर शिक्षासँगै काम गर्ने र अध्ययनका लागि सहयोग होस भन्ने हेतुले केही अर्थोपार्जनका लागि लाग्नु पनि स्वभाविक हो । यस्तोमा कस्तो काम पाइन्छ त अष्ट्रेलियामा ? यो जान्नु जरुरी छ ।

अष्ट्रेलियामा नेपालमा जस्तो सानो र ठूलो काम हुँदैन । काम गर्नेले पैसा पाउँछ नगर्नेले पाउँदैन । यहाँ प्रतिघन्टाका हिसाबले पैसा कमाउन सकिन्छ । अष्ट्रेलियामा नेपालीहरुका लागि केही सिमित कामहरु छन् । जुन काममा नेपालीहरुको संख्या अधिक छ ।

सबैभन्दा पहिले क्लिनिङ अर्थात सरसफाई । सुन्दा सजिलो लाग्ने तर काम गर्दा भने अप्ठ्यारो हुने यो काम नेपालबाट अष्ट्रेलिया जानेका लागि पहिलो काम बन्ने गरेको छ । यस्तो काममा पैसा पनि हुन्छ । पब क्लिनिङ, अफिस क्लिनिङलगायतमा सरसफाइको काम सहजै पाइन्छ तर ठूलो मिहेनत भने गर्नुपर्छ ।

नेपालमा जस्तो कुनै पनि हालतमा बेरोजागर भने बस्नु पर्दैन कुनै न कुनै समय कुनै न कुनै काम भने अवश्य पाइन्छ । क्लिनिङ पछाडि रेष्टुराँमा पनि काम पाउन सकिन्छ । कुकदेखि रेष्टुराँ सहयोगीका रुपमा थुप्रै कामहरु पाइन्छन् ।

त्यसबाहेक असिस्टेन्ट इन नर्सिङ एन आईका रुपमा पनि काम गर्न सकिन्छ । यसका लागि निश्चित रकम तिरेर तालिम लिनु पर्छ । तालिम पश्चात काम पाइन्छ । यो काम भनेको वृद्धवृद्धाको हेरचाह गर्ने हो ।

कस्टम केयर पनि अर्को काम हुन सक्छ । जस्तै विभिन्न डिपार्टमेन्टल स्टोर, रेष्टुराँ, क्याफेलगायतका काम पाउँन सकिन्छ भने कफी मेकिङ, डेलिभरी, फिलिङ जस्ता काममा पनि नेपालीहरुले रोजगारी पाउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments