काठमाडौं । बेलायती राजकुमार ह्यारीले क्यानाडाको टोरोन्टोमा पपकर्न खाँदै खेल हेर्दै थिए । उनको छेउमा बसेकी सानी एमिली हेन्सनको आँखा राजकुमारको पपकर्नमा पर्यो ।

राजकुमारले खेल हेरिरहँदा सानी एमिलीले पपकर्न झिकेर खान थालिन् । केही छिन पछि मात्र चाल पाएका राजकुमारले ती बालिकालाई गरेको मायालु व्यवहारले यतिबेला चर्चा पाइरहेको छ ।

यो भिडियो भाइरल बनेपछि मानिसहरुले राजकुमार ह्यारी राम्रो बाबु बन्न सक्ने भन्दै उनको त्यो व्यवहार सम्मान गर्न लायक भएको बताइरहेका छन् ।

Comments

comments