राजविराज । मानव अपहरण तथा शरीर बन्धक मुद्दा लगाई भारतको वीरपुर कारागारमा हिरासतमा राखिएका भुमिरक्षक देवनारायण यादव र उनका छोरा अजय निर्दोष प्रमाणित भएका छन्। 

भारत वीरपुर न्यायालयले सप्तरीको कोइलाडी तिलाठी गाउँपालिका १ का यादव बुवाछोरालाई शनिबार निर्दोष प्रमाणित गरेपछि उनीहरु आठ दिनको कष्टकर कारागार बसाईबाट मुक्त भएका हुन्।

न्यायालयका न्यायिक दण्डाधिकारी लालबहादुर प्रसादको इजलासले अपहृत भनिएकी भारतीय युवती ज्योती साह स्वयं न्यायालयमा उपस्थित भई आफु अपहरणमा नपरेको र राजिखुशीले अजयसँग प्रेम विवाह गरेको बयान दिएकाले अपहरणको मुद्दा नलाग्ने ठहर गर्दै रिहाईको आदेश जारी गरेको हो।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments