विश्वका महान् फुटबलर पेलेले आफ्नै देशमा भइरहेको विश्वकपमा आफ्नै देशको खेल हेर्नबाट बञ्चित भएका छन् । जुन १८ मा भएको ब्राजिल र मेक्सिको बीचको खेलको पहिलो हाफ पेलेले रंगशालामा गएर हेर्न पाएनन् ।
भीआर्इपी पास भएर पनि उनलार्इ यस्तो अवस्थामा पुर्याएको थियो सडकमा हुने ट्राफिक जामले । खेल हेर्न रंगशालामा आउने क्रममा उनि ट्राफिक जाममा फसेपछि पहिलो हाफ गाडिमै रेडियो सुनेर बिताउन परेको थियो ।
‘यो अनुभव पीडादायी थियो । मैले सोचिरहेको थिए, हे भगवान ट्राफिकमा कसरी फसियो । कारमा बसेर रेडियो सुन्नु बाहेक अर्को विकल्प पनि थिएन’ पेलेले भने ।

Comments

comments