काठमाडौं । नेपाल आयाल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ ।

खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’ को धज्जी उडाउँदै मोटो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका हुन् ।

इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गरेपछि उनी पदमा रहदाँ गरेका बदमासी एकपछि अर्को सार्वजनिक हुन थालेका छन् । खड्काको बर्खास्तीपछि निगमका कर्मचारीले उनका अनियमितता एकपछि अर्को सार्वजनिक गरेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments