मेलबर्न । अष्ट्रेलियामा विस्तारै गर्मी याम शुरु हुँदैछ । गर्मीमा चीसो जुस पिउनुको मज्जा बेग्लै हुन्छ । त्यसमाथि आफैंले घरमा तयार पारेको जुस स्वास्थ्य र स्वाद दुवै दृष्टिकोणले उपर्युक्त हुन्छ ।

त्यसैले यसपटक परिकारमा पाइनापल लेमनेड जुस तयार पार्ने विधिबारे जानकारी प्रस्तुत गरेका छौं ।

आवश्यक सामग्री :

पाइनापल जुस ४० मिलिलिटर

अरेन्ज जुस ४० मिलिलिटर

सुगर सिरप १० मिलिलिटर

सोडावाटर आधा लिटर

आइसक्युब ६ टुक्रा ।

तयार पार्ने विधि :

एउटा ठूलो गिलासमा जुस तथा सुगर सिरप राखेर माथिबाट सोडावाटर हाल्ने ।

आइसक्युबलाई ब्लेन्ड गर्ने ।

Comments

comments