काठमाडौं । नायिका केकी अधिकारी पनि चलचित्र निर्माणमा लाग्ने भएकी छिन् ।

तिहारपछि छायांकन प्रारम्भ हुने एउटा डार्क कमेडी चलचित्रमार्फत केकी निर्मात्रीका रूपमा दर्शकमाझ आउनेछिन् । म्युजिक भिडियोका निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने उक्त चलचित्रको छायांकन पश्चिम नेपालमा गर्ने तयारी भैरहेको छ । केकीसहित थप दुई अभिनेत्रीको मुख्य भूमिका रहने उक्त चलचित्रमा केही लोकप्रिय हास्य अभिनेताले समेत अभिनय गर्दैछन् ।

करिश्मा मानन्धर, रेखा थापा, निशा अधिकारी, शुभेच्छा थापा, झरना थापा आदि अभिनेत्री चलचित्र निर्मात्रीका रूपमा समेत चिनिएका छन् ।

 

Comments

comments