मेलबर्न । अष्ट्रेलियामा घरको मूल्य बढ्नुमा चाइनिजहरुलाई मूख्य कारण मानिन्छ । धेरै चाइनिजहरुले अष्ट्रेलियामा घर किन्ने गरेको र अत्यधिक मूल्य दिने गरेका कारण घरको मूल्यमा वृद्धि भइरहेको आम मानसिकता छ ।

क्रस बोडर म्यानेजमेन्ट र बिआइएस अक्सफोर्ड इकोनोमिक्सले अनुसन्धानपछि निकालेको रिपोर्टमा भने अष्ट्रेलियामा घरको मूल्य बढ्नुमा चाइनिजहरुले कुनै प्रभाव नपारेको तथ्य सार्वजनिक भएको छ ।

Total Chinese investment in Australia graph

PHOTO: Total Chinese investment in Australia, 2007-16 (Supplied: ABS, Cross Border Management)

उक्त रिपोर्ट अनुसार चाइनिजहरुले अष्ट्रेलियाको रियल स्टेटमा २ % र मूल्य वृद्धिमा १ % मात्र प्रभाव पारिरहेका छन् । अष्ट्रेलियामा लगानी गर्नेमा अमेरिका, बेलायत, बेल्जियम, हंगकंग, सिंगापुर पछि मात्र चीन रहेको छ ।

PHOTO: Total foreign investment in Australia by country of origin, 2007-16 (Supplied: ABS, Cross Border Management)

रिपोर्ट अनुसार, बाहिरि लगानीभन्दा बढी अष्ट्रेलियामा बढिरहेको जनसंख्याले रियल स्टेटको मूल्यमा वृद्धि गरिरहेको छ ।

Graph depicting Sydney median house prices, compared to Australian population

PHOTO: Sydney median house prices compared to Australian population, 2007-16 (Supplied: ABS, Cross Border Management)

समाचार स्रोत

Comments

comments