काठमाडौं । विश्वकपका लागि युरोपियन क्षेत्रको छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा स्पेनले अल्बानियालाई ३–० ले हराएको छ । यो जितपछि समूह ‘जी’ को शीर्ष स्थानमा रहेको स्पनेले रुस विश्वकपका लागि स्थान पक्का गरेको हो ।

स्पनेको जितका लागि पहिलो हाफमै रोड्रिगो, इस्को र थिएगो एल्कान्ताराले गोल गरेक थिए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र स्पेन विजयी भयो ।

समूह ‘जी’ अन्तर्गत राति नै भएको देलमा मेसेडोनियासँग १–१ को बराबरीमा रोकिएको इटालीले भने विश्वकपमा स्थान बनाउनका लागि प्ले–अफ खेल्नु पर्ने भएको छ ।

अर्को खेलमा इजरायलले लिचेस्टाइनलाई १–० ले हरायो । स्पेनको एक खेल बाँकी हुँदा २५ अंक भएको छ । दोस्रो स्थानमा रहेको इटालीको २० अंक छ ।

Comments

comments