सरकारले विभिन्न दाताहरुले दिएको रकमबाट राहत कोषमा हाल ३४ करोड २८ लाख रुपैयाँ रहेको तथ्य सार्वजनिक गरेको छ ।

तीन महिनाको अवधिमा देशका विभिन्न स्थानमा बाढी पहिरोमा परी २ सय ६० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी २ सय ५४ जना बेपत्ता भएका र उनीहरुलाई जीवित भेटाउने सम्भावना नरहेको सरकारले प्रष्ट पारेको छ । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको आज बैठकमा प्रधानमन्त्री शुसिल कोइरालाले पेश गर्नुभएको विवरण अनुसार बाढी पहिरोमा परी ४२ जिल्लामा मृत्यु हुने र वेपत्ता हुनेसमेत गरी ५ सय भन्दा बढीको मानवीय क्षति भएको छ भने १ सय ६० घाइते भएका छन् । सरकारी तथ्यांक अनुसार ८ हजार ४ सय ८८ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

आंशिक क्षति भएका घरको संख्या २३ हजार भन्दा बढी छ । यस क्रममा ७ अर्ब ७८ करोड ८५ लाख ६७ हजार रुपैया बराबरको भौतिक क्षति भएको अनुमान सरकारको छ ।

Please follow and like us:

Comments