मेलबर्न । अष्ट्रेलियामा पशुपतिनाथ मन्दिर र बौद्धनाथ स्तुपा निर्माण गरिने भएको छ । नेपालीहरुको संख्या उल्लेख्य मात्रामा बढिरहेको अष्ट्रेलियाको सिड्नी सहरमा पशुपतिनाथ र बौद्धनाथ निर्माण गरिने भएको हो ।

अष्ट्रेलियामा सक्रिय रहेको नेपाली हिन्दु समाजले दशैंको अवसरमा पशुपति र बौद्धनाथ निर्माण गर्ने घोषणा गर्दै त्यसको लागि आवश्यक रकम संकलन अभियान सुरु गरेको छ ।

मन्दिर निर्माण सम्बन्धि आवश्यक छलफल अन्तिम चरणमा पुगेको बताउंदै यससम्बन्धि सम्पूर्ण योजना छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएका छन् । पछिल्लो समय अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गइरहेको अवस्थामा नेपालीहरुको आस्थाको केन्द्रबिन्दु मानिने पशुपति र बौद्धनाथ निर्माण योजनालाई महत्त्वपूर्ण योजनाको रुपमा लिइएको छ ।

Comments

comments