काठमाडौँ। शुक्रबार विहान भएको खेलमा घरेलु मैदानमा पेरुसँग बराबरीमा रोकिएपछि रसिया विश्वकप यात्रा थप कठिन भएको छ ।

दक्षिण अमेरिकी छनोट चरण अन्तर्गत आज बिहान भएको खेलमा घरेलु मैदानमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा कठिन मोडमा पुगेको छ  ।

पेरुसँगको बराबरीको नतिजासँगै अर्जेन्टिना एक खेल बाँकी रहँदा प्लेअफ भन्दा पनि तल अर्थात छैटौं स्थानमा झरेपछि विश्वकप यात्रा थप जटिल बनेको हो । छनोट चरणको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै गोल गर्ने तीन सुन्दर अवसर खेर फालेको थियो ।

कप्तान लियोनेल मेस्सीले १३ औं मिनेटमा गोलको सुन्दर मौकालाई दिशा दिन नसक्दा घरेलु टोली स्तव्ध बनेको थियो । यस्तै, खेलको २४ औं मिनेटमा एन्जल डी मारियाले अर्को  सुन्दर मौका खेर फाल्दा अग्रता लिनबाट चुकेको थियो ।

३९ औं मिनेटमा पेरुका तीन डिफेन्डरलाई छलाउदै मेस्सीको करिव २५ यार्ड टाढाको प्रहार पोष्टबाट थोरै बाहिरिएको थियो । दोस्रो हाफको शुरुमै मेस्सीको प्रहार पोष्टमा लाग्दै बाहिरियो ।

५७ औं मिनेटमा एलेजान्द्रो गोमेजले अर्को गोलको मौका खेर फाले एकपछि अर्को लगातार पोष्ट आक्रमण गरेको अर्जेन्टिनाका लागि ६१ औं मिनेटमा रिगोनीले अर्को मौका खेर फाल्दा अर्जेन्टिनी समर्थक चुकचुकाउनु परेको थियो ।
निरन्तरको काउन्टरमा रहेको अर्जेन्टेनी टोलीले इन्जुरी समयमा पाउलो गुरेरोले अर्को सुन्दर मौकालाई खेर फाल्दा अर्जेन्टिना पेरुसँग गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो । अर्जेन्टिनाको १७ खेलबाट २५ अंक छ ।

छनोट चरण पेरुविरुद्धको खेलमा जित हात पारेको भए अर्जेन्टिनाले एक खेल बाँकी रहँदा कम्तीमा प्ले अफको खेल स्थान सुरक्षित गर्ने थियो । दक्षिण अमेरिकी क्षेत्रबाट चार राष्ट्रले सोझै छनोट हुने प्रावधान छ भने एक राष्ट्रले प्ले अफ खेल्न पाउने व्यवस्था छ ।

 

Comments

comments