एजेन्सी । संयुक्त राज्य अमेरिकाका सर्वसाधरणले बन्दुक राख्नसक्ने कानूनको परिमार्जन गरी कडा कानून ल्याउनु पर्ने माग गरेका छन् । लास भेगसमा ५८ जनाको हत्या भएको केही दिनमै नेशनल लाइफ एसोसिएसनले  अमेरिकाका सर्वसाधरणले बन्दुक राख्नसक्ने कानूनको परिमार्जन गरी कडा कानून ल्याउनु माग गरेका छन् ।

लस भेगसमा स्टिभन प्याडकले आफ्ना केही बन्दुकलाई ‘बम्प स्टक’ भनिने उपकरण प्रयोग गरेर स्वचालित बनाएको प्रहरीको भनाई सार्वजनीक भए लगत्तै जनतालउ स्तोम गरेका हुन् । बिहीबार नियामकहरुलाई ‘बम्प स्टक’ प्रविधि समिक्षा गर्न आग्रह गरेको छ । वर्षौंसम्म बन्दुक नियन्त्रण प्रयत्न रोक्दै आएका रिपब्लिकनहरुले पनि उक्त उपकरणमाथि प्रतिबन्ध लगाउन सकिने बताएका छन् ।

अमेरिकी तल्लो सदनका रिपब्लिकन सभामुख पल रायनले आइतबारको गोलीकाण्डअघि ‘बम्प स्टक’बारे आफूलाई कुनै जानकारी नरहेको भन्दै कांग्रेसले उक्त मुद्दा हेर्नुपर्ने प्रस्तावको समर्थन गरेका छन् ।

Comments

comments