काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार ६ अक्टुवरकालागि प्रति एक अष्ट्रेलियन डलरको खरिद दर ८१ रुपैयाँ २४ पैसा निर्धारण गरेको छ ।

यस्तै प्रति एक अष्ट्रेलियन डलरको विक्री दर भने ८१ रुपैयाँ ७१ पैसा तोकेको छ ।

उता शुक्रवारकालागि प्रति एक अमेरिकी डलरको खरिद दर १०३ रुपैयाँ ९३ पैसा र विक्री दर १०४ रुपैयाँ ५३ पैसा तोकेको छ । यस्तै प्रति एक युरोको खरिद दर १२२ रुपैयाँ ७ पैसा र विक्री दर १२२ रुपैयाँ ७७ पैसा तोकेको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रवार प्रति एक युके पाउण्ड स्टर्लिङको खरिद दर १३६ रुपैयाँ ८७ पैसा र विक्री दर १३७ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । बजारको सटही दरभाउमा सामान्य फेरबदल भने हुनसक्ने बताइएको छ ।

Comments

comments