काठमाडौं । चौधरी ग्रुपले वाइवाइ चाउचाउ उत्पादन युरोपमा पनि सुरू भएको छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत्  ‘वाइवाइ युरोप’ सुरू हुने जानकारी गराउनु भएको छ । उहाँले ट्वीटरमा उल्लेख गरेअनुसार सर्वियाका राष्ट्रपति अलेक्जान्डर भुचिचले उद्घाटन गर्ने कायृक्रम रहेको छ ।

‘सिजी फुड्स युरोप’ नामबाट सर्वियाको रुमा सहरमा  व्यवसायिक रुपमा यसको उत्पादन हुनेछ ।

नेपालमा ६ र भारतमा आठ प्लान्टमार्फत उत्पादन भइरहेको  छ । चौधरी ग्रुप बंगलादेश, केन्या र साउदी अरेबियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा रहेको छ ।

यस अघि भारतमा सिक्किमबाट सुरु भएको वाइवाइ उत्पादन उत्तराखण्ड (रुद्रपुर), आसाम (ंगुवाहाटी र सिल्चर), बिहार (पूर्णिया) हुँदै आन्द्राप्रदेश (चित्तुर) मा पनि रहेको छ ।

Please follow and like us:

Comments