मेलबर्न । सार्वजनिक भएदेखि नै दर्शकहरुको माया पाइरहेको छक्का पन्जा २ अष्ट्रेलियाका जिलोंग वासीले पनि हेर्न पाउने भएका छन् ।

जिलोंगकै पहिलो नेपाली इभेन्ट्स कम्पनि ‘रमाइलो इभेन्ट्स’ ले शो को आयोजना गरेको हो ।

रमाइलो इभेन्ट्सको पहिलो इभेन्ट स्वरुप आगामी अक्टोबर ९ मा बेलुका ६ बजे देखि छक्का पन्जा २ प्रदर्शन हुनेछ ।

भिलेज सिनेमामा हुने प्रदर्शनमा जिलोंगवासी नेपालीहरु सहभागी भएर आफूहरुलाई थप कार्यक्रम गर्नको लागि हौसला दिने विश्वास रहेको आयोजकले बताए।

हिमालयन कङ्गारुसंग कुरा गर्दै आयोजक सन्तोष पराजुलीले जिलोंगमा नेपाली इभेन्ट कम्पनि नभएकोले नेपालीहरु कार्यक्रमकै लागि मेलबर्नसम्म पुग्नुपर्ने बाध्यता भएका कारण आफूहरुले रमाइलो इभेन्ट कम्पनि संचालनमा ल्याएको बताउनुभयो ।

उहाँले जिलोंगमा नेपालीहरुको संख्या बढ्दै गइरहेकोले यो संगै आगामी कार्यक्रमहरुमा समेत नेपालीहरुको उत्साहजनक सहभागिता रहनेमा आफूहरु विश्वस्त रहको बताउनुभयो ।

यसको साथै उहाँले सबैको साथ पाएमा आगामी दिनमा सबैको चाहना अनुरुपका नयाँ तथा भव्य कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

 

Comments

comments