सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताउँनुभएको छ ।

आज राजधानीमा शिक्षा दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नेपालको शिक्षा नीतिमा आमूल परिवर्तन गर्नुपर्ने आवाश्यकत्ता औल्याउनुभयो । मन्त्री पण्डितले सरकारले नयाँ शिक्षा नीति ल्याए पनि कार्यन्वयन गर्न नसेकेकोमा दुख व्यक्त गर्नुभयो । शिक्षा मूलुक विकासको मूख्य आधार भएको भन्दै उहाँले शिक्षाको समान पहँुच र प्रभाव भने दुरदराजमा अझै सम्म पुग्न नसकेको बताउनुभयो । सवैले समान शिक्षा पाउने प्रावधान सहित शिक्षा नीतिमा आमूल परिवर्तन गर्न अहिले अत्यन्तै आवश्यक रहेकोमा उहाँको जोड थियो ।

Comments

comments