धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा तीन लाख ५० हजार नगदसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ स्थानीय दिलबहादुर गुरुङको घरमा जुवा खेल्दै गर्दा उनीहरुलाई १६ थान कौडा, तीन बुक ताससहित तीन लाख ५० हजार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताउनुभयो ।

मितेरी बैंक रहेको त्यस घरको तीन तलामाथि सुरक्षित स्थान भन्दै दैनिकजसो जुवा खेल्ने गरेको स्थानीयवासीको गुनासो बढिरहेको बेला प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडे पक्राउ गरेको हो ।

धनकुटा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा समेत जुवा–तास खेल्न नदिन कडा निगरानी बढाएको प्रहरीले जनाएको छ ।

Comments