काठमाडौं । दशैंको अवसरमा उपत्यकामा करिब पौने अर्ब रुपैयाँका खसीबोका बिक्री भएको छन् ।

दशैंलाई लक्षित गरेर मुलुककै विभिन्न जिल्ला र भारतबाट ल्याएका करिब ५० हजार खसीबोका बेचेकोे चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ ।

गत वर्षकै अनुपातमा खसीबोका बिक्री भएको संघका अध्यक्ष गोविन्द पाठकले बताए । ‘खसीबोका मात्र करिब ७० करोड रुपैयाँका बिक्री भएका छन्,’ पाठकले भने। ‘करिब ३५ हजार खसीबोका भारतबाट ल्याइएको हो ।’

Comments

comments