काठमाडौं । काठमाडौंमा बुधवार सबेरै २ बजेर ५ मिनेट जाँदा भुइँचालोको धक्का महसुस गरिएको छ।

दुई सेकेन्ड जति हल्लाएको यो  शक्तिशाली धक्का ४.८ रेक्टरस्केल मापन गरिएको छ ।

यो २०७२ वैशाख १२ गते गएको ७.६ म्याग्निच्युडको भुइँचालोको परकम्पन हो वा नयाँ भुइँचालो हो भन्ने पनि खुलेको छैन। दुई वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भुइँचालोले पारेको क्षति अझै पुनर्निर्माण हुन सकेको छैन। विस्थापितहरु पनि सबै पुनर्स्थापित भइसकेका छैनन्।

Comments

comments