काठमाडौं । नेकपा एमाले,माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी एकता गर्ने अन्तिम सहमति भएको छ ।

पार्टी एकीकरणवारे जानकारी दिन अहिले काठमाडौंको राष्ट्रिय सभागृहमा भैरहेको पत्रकार सम्मेलनमा गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले तीन पार्टीबीच एकीकरण गरी एउटै नेपाल कम्युनिष्ट पार्टी घोषणा गर्ने अन्तिम सहमति भएको बताउनुभएको हो ।

पार्टी एकीकरणबारेको सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका बाबुराम भट्टराईले संयुक्त हस्ताक्षर गर्नुभएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी चुनावमा तालेमल गर्ने र लगतै पार्टी एकता गर्नेसहित ६ बुँदे सहमति भएको हो ।

आसन्न दुवै चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत ठाउँबाट उम्मदेवारी दिएर गठवन्धन गर्ने सहमति भएको छ। दुवै पार्टीका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्ने छन्। चुनावपछि दुवै पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति पनि जुटेको छ। कुन पार्टीले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने टुंगो लगाउन बाँकी छ।

Comments

comments