काठमाडौं । एमाले र माओवादी केन्द्रको चुनावी तालमेलसँगै नयाँ शक्ति पार्टी पनि एमालेसँग पार्टी एकता गर्ने सहमतिमा पुगेको छ । सहमतिसँगै नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्नुहुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईसँग मंगलवार पार्टी एकताबारे कुराकानी गर्नुभएको थियो । कुराकानीका क्रममा नेताहरुबीच एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको हो ।
यसअघि मंगलबार नै एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो ।

नयाँ शक्तिले आगामी चुनावमा सूर्य चिन्हबाटै चुनाव लड्ने सहमति भएको छ । तर एमाले र माओवादीबीच भने चुनाव चिन्हबारे सहमति हुन बाँकी छ ।

Comments

comments