काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा सभा आजै साँझ ५ बजे हुने भएको छ ।

घोषणा सभाअघि पार्टी एकताको अन्तिम प्रयासस्वरुप दुवै पार्टीका शीर्ष नेताहरु ललितपुरको एक घरमा गोप्य छलफलमा जुटेका थिए ।

छलफलमा दुवै पक्षका बार्ता समितिका सदस्यहरु सहभागि भएका थिए । जसमा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालसहित नेता नरायाकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागि हुनुहुन्थ्यो भने एमालेका तर्फबाट अध्यक्ष केपी ओली, नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहभागि रहनुभएको थियो ।

छलफलमा पाटी एकता संयोजन समिति गठन गर्ने दुईदलबीच सहमति भएको छ । छलफलपछि नेता नाराणकाजी श्रेष्ठले कार्यगत एकताको संयुक्त घोषणा आजै ५ बजे सभागृहमा गरिने जानकारी दिनुभयो ।

घोषणा सभामा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन र पार्टी एकताबारे स्पष्ट पारिने नेता श्रेष्ठले बताउनुभयो । छलफलमा घोषणा सभामा दुवै पक्षका नेताहरु सहभागि हुनेछन् ।

Comments