एजेन्सी । बलिवुड अभिनेत्री तब्बु ४५ वर्ष उमेर पुग्दासमेत उत्तिकै सुन्दर छिन् । यी सुन्दर अभिनेत्रीले आजसम्म विवाह भने गरेकी छैनन् ।

भारतीय संचारमाध्यमका अनुसार तब्बु अविवाहित रहनुको मूख्य कारण, अहिले सम्म पनि उनले साउथ स्टार नागर्जुनालाई प्रेम गर्नु हो । तब्बु र नागर्जुनाबीच १५ वर्षसम्म प्रेमसम्बन्ध रहेको थियो।

प्रेमसम्बन्धमा रहंदा नागर्जुनाले तब्बुलाई साउथमै आफ्नो घर नजिकै अपार्टमेन्ट उपहार दिएका थिए र उनी त्यहीं बस्थिन्। गहिरो प्रेम भएतापनि उनीहरुको विवाह भने हुन सकेन ।

नागर्जुना पहिले नै विवाहित थिए । एक श्रीमतीसंगको डिभोर्स पछि उनी दोस्री श्रीमतीसंग बस्दै आएका थिए। नागर्जुनाले तब्बुसंगको सम्बन्धमा १५ वर्षपछि पूर्णविराम लगाउने निधो गरे र आफ्नो वैवाहिक जीवनलाई नै निरन्तरता दिने निर्णय गरे ।

नागर्जुनाको त्यो निर्णयपछि तब्बु पुन: मुम्बई फर्किएर आफ्नो करियरलाई अगाडी बढाउन थालेकी थिइन् । प्रेमसम्बन्ध टुटेपनि हालसम्म उनीहरु नजिकको साथीको रुपमा रहेका छन् र उनीहरुको सम्बन्ध सुमधुर छ ।

Comments

comments