एजेन्सी । भारतीय गायक तथा अभिनेता आदित्य नारायण झा एयरपोर्टका स्टाफ माथी दुर्व्यवहार गर्दै गर्दा क्यामरामा कैद भएका छन् । राएपुर एयरपोर्टमा इन्डिगो एयर्लाइन्सका स्टाफसंग झगडा गरि गालि दिंदै गरेको भिडियो रिपब्लिका टि.भीले प्रसारण गरेको हो ।

भिडियोमा आदित्यले एयरपोर्ट स्टाफलाई भनेका छन्, ” तिमीले यो कुरालाई व्यक्तिगत बनाउँदैछौ । म जे मन लाग्यो त्यही भन्न सक्छु । कुनै दिन मुम्बईमा भेट होला, त्यति बेला मैले जानेको छु ।”

इन्डिगोका स्टाफ अनुसार आदित्य ५ जनाको समूहमा यात्रा गरिरहेका थिए । उनीहरुको सामान धेरै भयो । महिला स्टाफले सामानको अतिरिक्त शुल्क १३ हजार भा.रु लाग्ने बताइन् तर, आदित्यले भने १० हजार मात्र दिने बताए । ती महिला स्टाफले सबैलाई समान गर्नुपर्ने भएकोले छुट दिन नसक्ने बताएपछि आदित्यले उनलाई अपशब्द बोले । त्यहाँबाट विवाद चुलियो ।

आदित्यले भने यसबारेमा आफ्नो प्रतिक्रिया दिएका छैनन् ।

Singer Aditya Narayan misbehaves at Airport

Singer Aditya Narayan misbehaves at AirportRead: http://www.republicworld.com/s/8492/vvip-racism-on-camera-aditya-narayan-misbehaves-with-airport-staff

Posted by Republic on Monday, October 2, 2017

Comments