अमेरिका । अमेरिकाको लस भेगास गोलीकाण्डमा मृत्यु हुनेको संख्या ५० पुगेको छ। घाइतेहरुको संख्या पनि २०० नाघेको जनाइएको छ। लस भेगास स्ट्रिपमा जारी म्युजिक फेस्टिवलमा शनिबार राती एक बन्दुकधारीले गोली चलाएका थिए।

लस भेगासका महानगरी प्रहरी सेरिफल जोसेफ लोम्बार्डोले आक्रमणकारी ६४ वर्षीय स्टेफेन प्याडक भएको आशंका प्रहरीले गरेको बताएका छन्। स्थानीबासी ती व्यक्ति मारिइसकेका छन्। प्रहरीले ती व्यक्तिको महिला साथी मारिलु डान्लीलाई समेत पक्राउ गरिसकेको जनाएको छ।

लस भेगासको मन्डेले होटलमा चलिरहेको तीन दिने रुट–९१ हार्भेस्ट कन्ट्री म्युजिक फेस्टिवलमा सो गोलीकाण्ड भएको थियो। शुक्रबार देखि खुला आकाशमुनि चलिरहेको कन्सर्टमा होटेलको ३२ औँ तलाबाट गोली चलाइएको जनाइएको छ।

मारिनेमा ड्युटीमा नरहेका दुई प्रहरीसमेत रहेको बताइएको छ। एजेन्सी

Comments