काठमाडौं । कुकुर मायालु घरपालुवा जनावर हो । मानिससंग छिटो घुलमिल हुने कुकुरले माया दर्शाउनको लागि मानिसलाई चाट्ने गर्छ । तर, कुकुरको त्यो माया कहिलेकाही घातक सिद्ध हुनसक्छ ।

कुकुरलाई कहिल्यै पनि मुख चाट्न दिनु हुँदैन । कुकुरले फोहोरमा मुख लैजान सक्ने तथा उसको नाक, मुख र जिब्रोमा धेरै मात्रामा व्याक्टेरिया तथा अन्य किरा हुन सक्ने हुँदा उसबाट मानिसमा लहरे संक्रमण हुन सक्छ ।

कुकुरले मुखमा चाटेका कारण स्टाफाइलोकोकस औरियस नामक खतरनाक संक्रमण भयो भने मानिसको अनुहार हेर्नै नसकिने गरी भयानक हुन्छ । त्यसैले कुकुरलाई कहिल्यै पनि मुखमा चुम्मा लिन वा चाट्न नदिनुस् ।

Comments