झाप । झापमा अज्ञात रोगका कारण २३ वर्षीय नारायण ऋषिदेव र २४ वर्षीय वसन्ती ऋषिदेवको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाले जनाएको छ ।

बिरामी परेका अन्य आइतबार भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा उपचारपछि घर फर्केका छन् । अधिकांशमा टाउको दुख्ने, ज्वरो आउने र रगतसहितको वान्ता आउने समस्या देखापरे पनि रोगको पहिचान हुन सकेको छैन ।

यसै बिषयमा कन्काई नगरपालिकाका मेयर राजेन्द्र पोखरेल जनता टेलिभिनसँग भन्नु भयो, ‘नगरमा के कति विरामी छन्, बुझ्दै रहेको र दशैं बिदाका कारण अस्पतालमा डाक्टर नभएकाले उपचारमा समस्या छ,’ उहाँले भन्नु भयो, विरामीको अवस्था हेर्दा ‘इगोला भाइरस’ हुन सक्ने अनुमान गरिएको छ ।’

Comments