एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेश मन्त्री रेक्स टेलर्सनलाई उत्तर कोरियासँग उसको आणविक हतियारको कार्यक्रमका संदर्भमा बातचीत गर्न खोज्नु समयको बर्बादी मात्र भएको टिप्पणी गरेका छन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले प्योङयाङसँगको सम्भावित वार्ताको प्रयास भैरहेको र त्यसका लागि विभिन्न सम्पर्क सुत्र प्रयोग भैरहेको भन्ने खबर बाहिर आएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै ती सबै प्रयास समयको बर्बादी भएको बताएका हुन् ।

उनले ट्वीटमा रेक्सलाई आफ्नो शक्ति संचय गर्न भन्दै, जे गर्नु पर्ने हो त्यो हामी गर्नेछौं, भनेका छन् । रेक्स टिर्लसनले भने शनिबार मात्रै उत्तर कोरियासँग सम्पर्क भैरहेको र प्योङयाङबाट वार्ताका लागि केही सकारात्मक रहेको खुलासा गरेका थिए ।

राष्ट्रपति ट्रम्प भने शुरुदेखि नै उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रम तुरुन्तै रोक्नपर्ने अडानमा छन् । तर उत्तर कोरियाले भने आफ्नो हतियार कार्यक्रमलाई पछिल्लो समय झनै तीव्र बनाएको छ ।

Comments